Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

तातोपानी नाकाबाट लक्ष्यभन्दा तीन अर्ब बढी राजश्व संकलन 

तातोपानी नाकाबाट लक्ष्यभन्दा तीन अर्ब बढी राजश्व संकलन 

  • 152
    SHARES
  • तातोपानी नाकाबाट लक्ष्यभन्दा तीन अर्ब बढी राजश्व संकलन 

    सिन्धुपाल्चोक । तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजश्व संकलन भएको छ । चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा तीन अर्ब बढी राजश्व उठाएको हो ।

    चालु आवको नौ महिनामा पाँच अर्ब ५९ करोड संकलन गर्ने लक्ष्य भए पनि आठ अर्ब ५६ करोड संकलन भइसकेको भन्सार प्रमुख दयानन्द केसीले जानकारी दिए । 

    नाका सञ्चालन भएपछि व्यापार बढेको उनले बताए । नाका खुलेसँग चहलपहल र आवतजावत बढिरहेको उनको भनाइ छ । यो भन्सार नाकामा भूकम्पपछि पछिल्लो समय व्यापारिक गतिविधि बढे पनि सडकलगायतका पूर्वाधार भने सुधार भएको छैन । सडक पनि सुधार भएको भए राजश्व अझ थपिने आकलन गरिएको छ 

  • सम्बन्धित विषय:

  • # तातोपानी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij