Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

क्यान्सर पीडितलाई पाँच लाख हस्तान्तरण

क्यान्सर पीडितलाई पाँच लाख हस्तान्तरण

  • 138
    SHARES
  • क्यान्सर पीडितलाई पाँच लाख हस्तान्तरण

    दमौली । जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ रानागाउँ निवासी २५ वर्षीय क्यान्सर पीडित लक्षु  रानामगरलाई  पाँच लाख संकलन गरी हस्तान्तरण गरिएको छ । उनको उपचारका लागि देशविदेशबाट उक्त रकम संकलन गरिएको हो ।

    पीडितको बारेमा जानकारीसहित सामाजिक सञ्जालमा सहयोगको अपिल गरिएकामा देशविदेशबाट पाँच लाख तीन हजार नौ सय संकलन भएको वडा सदस्य कुमार मगरले जानकारी दिए ।

    उक्त रकम वडा सदस्य मगरले पीडितका बुबा डिलबहादुर रानालाई शनिबार हस्तान्तरण गरे । उनले भने, ‘पीडितको उपचारमा सघाउने मनकारी भेटिएका छन् । सहयता रकम संकलनकोे क्रम जारी छ ।’

    रोगपीडित रानामगरको हाल भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भइरहेको छ ।

    पीडितलाई सहयोग गर्न चाहनेले निर्मला सारु मगरको नाममा खोलिएको एनएमबी बैंकको खाता नम्बर १९७०१७५४४८९०००१० मा सहयोग रकम दाखिला गर्न वडा सदस्य मगरले अनुरोध गरेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij