वेबटिभी खबर
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीबाट बचतकर्ताको रकम फिर्ता नगर्नेलाई कारवाही गर्ने स्पष्ट पारेका छन् ।
सिंहदरबारमा शुक्रबार सहकारी पीडितसँगको छलफलका क्रममा लामिछानेले सहकारी समस्या समाधान गर्न आवश्यक कानुन निर्माण गरि तत्काल काम सुरु गर्ने निर्णय भइसकेको भन्दै बचतकर्ताको रकम फिर्ता नगर्नेलाई कारवाही गर्ने स्पष्ट पारेका हुन् ।
बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारी सञ्चालकको सम्पत्ति छानविन गर्ने र आफन्तको नाममा राखिएको सम्पत्तिबाट भए पनि रकम फिर्ता गर्ने अवस्था सिर्जना गर्ने उनले आश्वसन दिए ।
उनले सहकारी प्रकरणमा निकै मेहनत गरिरहेको भन्दै फरार सहकारी सञ्चालकलाई समेत छिट्टै कानुनी कारवाही गर्ने प्रतिवद्धता जनाए । अनेकौँ आरोप खेपेर भएपछि सहकारी प्रकरणको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको भन्दै उनले प्रतिवेदनका आधारमा समाधान खोज्ने क्रम सुरु भएको बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij