Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

भारतमा कोरोना संक्रमण बढ्यो 

भारतमा कोरोना संक्रमण बढ्यो 

  • 909
    SHARES
  • भारतमा कोरोना संक्रमण बढ्यो 

    नयाँ दिल्ली । भारतमा बुधबार ४५ हजार ७ सय २४ जना कोरोना संक्रमित भएका छन् । २४ घण्टाको अवधिमा ४४ हजार ५ सय ७ संक्रमित संक्रमणमुक्त भए भने ८ सय १९ जनाको संक्रमणबाट ज्यान गएको छ ।

    लगातार संक्रमण घटिरहेको भारतमा बुधबार निको हुनेभन्दा संक्रमित हुनेको संख्या बढी रहेको छ । यो ५६ दिन यता पहिलोपटक सक्रिय संक्रमित बढेका हुन् ।

    दोस्रो संक्रमणको लहर घट्न थालेपछि मे १२ यता लगातार नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी थियो । साथै २४ घण्टाको अवधिमा ३३ लाख ८१ हजार ६ सय ७१ जनालाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ । अहिलेसम्म कुल संक्रमितमध्ये १.५ प्रतिशत मात्रै अहिले सक्रिय संक्रमित रहेका छन् ।

    तथ्यांकअनुसार भारतमा अहिले संक्रमणमुक्त भएकाहरुको कुल संख्या ९७ दशमलव १८ प्रतिशत रहेको छ । मंगलबार भारतमा कोरोना भाइरसबाट ४३ हजार ७ सय ३३ जना संक्रमित भएका थिए । त्यसअघि साेमबार ३४ हजार ७ सय जना संक्रमित भएका थिए ।

    भारतमा ९७ प्रतिशत काेराेना संक्रमित निकाे भए भारतमा ९७ प्रतिशत काेराेना संक्रमित निकाे भए भारतः पहिलो लहरमा भन्दा दोस्रो लहरमा थोरै पुरुष अस्पताल भर्ना  भारतः पहिलो लहरमा भन्दा दोस्रो लहरमा थोरै पुरुष अस्पताल भर्ना  भारतमा कोरोनाको तेस्रो लहर अक्टुबर-नोभेम्बरमा उच्च बिन्दुमा पुग्ने भारतमा कोरोनाको तेस्रो लहर अक्टुबर-नोभेम्बरमा उच्च बिन्दुमा पुग्ने भारतमा भेटिएको डेल्टा भेरिएन्ट विश्वका ९६ देशमा पुग्यो  भारतमा भेटिएको डेल्टा भेरिएन्ट विश्वका ९६ देशमा पुग्यो 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij