Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

इलाम-२ उपनिर्वाचन : मतपेटिका संकलन सकियो, सर्वदलीय बैठक बस्दै

इलाम-२ उपनिर्वाचन : मतपेटिका संकलन सकियो, सर्वदलीय बैठक बस्दै

  • 70
    SHARES
  • इलाम-२ उपनिर्वाचन : मतपेटिका संकलन सकियो, सर्वदलीय बैठक बस्दै

    इलाम । शनिवार उपनिर्वाचन भएको इलाम-२ मा मतपेटिका संकलन कार्य पूरा भएको छ । अहिले विहान सर्वदलीय बैठक बस्दैछ । बैठकलगत्तै मतगणना सुरू गर्ने तयारी छ ।

    इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सबै ठाउँबाट मतपेटिकाहरू संकलन भइसकेको बताए । ‘मतपेटिका संकलन भइसक्यो । अब सर्वदलीय बैठक बस्दैछ,’ उनले भने, ‘बैठकको निर्णयअनुसार मतगणता सुरु हुन्छ । हामीले तत्कालै मतगणना सुरु गर्ने गरी तयारी गरेका छौँ ।’

    इलाममा सदरमुकामको गौतमबुद्ध सभागृहमा मतगणनास्थल बनाइएको छ । चुलाचुली गाउँपालिका, माङ्सेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकाको मतपेटिका शनिबार राति १० बजेसम्म पनि संकलन हुन नसकेपछि गणना हुन ढिलाइ भएको हो ।

    यहाँ १ लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ मतदाताले मतदान गरेका छन् । निर्वाचन आयोगका अनुसार यहाँ करिब ६० प्रतिशत मत खसेको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij