Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

श्रीलंकामा जन्मदरभन्दा मृत्युदर बढी

श्रीलंकामा जन्मदरभन्दा मृत्युदर बढी

  • 92
    SHARES
  • श्रीलंकामा जन्मदरभन्दा मृत्युदर बढी

    एजेन्सी । श्रीलंका रजिस्ट्रार जनरल विभागका एक वरिष्ठ अधिकारीले श्रीलंकामा सन् २०२० देखि वार्षिक जन्मदरमा उल्लेखनीय गिरावट आएको र वार्षिक मृत्युदर बढेको बताएका छन् ।

    वरिष्ठ डेपुटी रजिस्ट्रार जनरल, महान्यायाधिवक्ता लक्षिका गणपोलाले सन् २०२० अघि वार्षिक जन्मदर तीन लाख २५ हजार रहेको तर हाल सन् २०२३ मा घटेर दुई लाख ८० हजार पुगेको जानकारी दिए ।

    उनले वार्षिक मृत्यु बढेर एक लाख ८० हजार पुगेको बताए । सन् २०२० अघि यो संख्या एक लाख ४० हजार थियो । यो प्रवृत्तिले श्रीलंकाको जनसंख्या वृद्धिमा प्रतिकूल असर पार्ने उनले बताए ।

  • सम्बन्धित विषय:

  • # मृत्युदर

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij