वेबटिभी खबर
काठमाडौं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा एक हजार एक सयले ओरालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ३६ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आज एक लाख ३५ हजर चार सय निर्धारण भएको छ ।
यस्तै, तेजाबी सुन बिहीबार तोलामा एक लाख ३५ हजार आठ सय ५० मा कारोबार भएकोमा आज एक लाख ३४ हजार सात सय ५० निर्धारण भएको छ ।
महासंघका अनुसार आज चाँदीको मूल्यमा स्थिर रहेको । बिहीबार प्रतितोला एक हजार छ सय ४५ मा कारोबार भएको चाँदी आज सोही मूल्यमा कारोबार भइरहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij