Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

भैँसी पाल्ने किसानलाई पचास हजार अनुदान

भैँसी पाल्ने किसानलाई पचास हजार अनुदान

  • 214
    SHARES
  • भैँसी पाल्ने किसानलाई पचास हजार अनुदान

    पर्वत । पर्वत जिल्लाको पैयुँ गाउँपालिकाले व्यावसायिक रूपमा भैँसी पाल्ने किसानलाई ५० हजार अनुदान दिने भएको छ ।

    किसानलाई व्यावसायिक बनाउन तथा दुग्धजन्य पदार्थको उत्पादनमा वृद्धि गरी गाउँपालिकालाई आत्मनिर्भर बनाउन प्रतिभैसी ५० हजारका दरले अनुदानको व्यवस्था गरिएको हो ।

    यसअघि राँगा पालेका प्रत्येक किसानलाई २० हजार अनुदान दिएको पालिकाले भैँसीपालन गर्ने किसानलाई पनि अनुदान दिन थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजीव रिमालले बताए ।

    सातवटा वडा रहेको पैयुँका प्रत्येक वडाका किसानले तीनदेखि चार वटासम्म राँगा पालेका छन । गाउँपालिकाले यसपटक २० वटा राँगा पाल्ने किसानलाई चार लाख अनुदान वितरण गरेको छ ।

    गाउँपालिकाले वार्षिक स्वीकृत कार्यक्रमअनुसार भैँसीपालन गरेका गाउँपालिकाका १६ जना किसानलाई प्रतिभैँसी ५० हजारका दरले अनुदान प्रदान गर्न लागेको गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले जानकारी दिए । 

    यसअघि राँगापालक किसानको प्रोत्साहनका लागि पैयुँ पालिकाले अनुदान रकम घोषणा गरेको थियो । पालिकामा किसानले एउटा भैँसीलाई राँगो लगाएको एक हजार ५०० खर्च तिर्दै आएका छन ।

    अब राँगापालकको गोठदेखि भैँसीपालकको गोठसम्मको दूरीका आधारमा मूल्य निर्धारणको लागि काम थाल्ने गाउँपालिकाले बताएको छ । राँगापालक किसानलाई चार लाख वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत रिमालको भनाइ छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij