Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

  • 534
    SHARES
  • भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    भक्तपुर । अरनिको राजमार्ग खण्डअन्तर्गत मध्यपुरथिमि नगरपालिका-४ चारदोबाटो साझा पेट्रोलपम्प अगाडि आफैंले चलाएको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा सङ्खुवासभा चैनपुर घर भई हाल सिन्धुपाल्चोक बाह्रबिसे बस्ने ४३ वर्षीय प्रकाश भट्टराई रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । 
     
    बिहीबार साँझ काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको बा ९३ प ९६५२ नंको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकको बाँयापट्टिको रेलिङमा ठोक्किएर दुर्घटना हुँदा गम्भीर घाइते भएका भट्टराईको मध्यपुर अस्पताल थिमिमा उपचारका क्रममा मृत्यु भएको उनले बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij