Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

उपचार खर्च तिर्न नसक्दा सुत्केरी अस्पतालमा बन्धक, पैसा खोज्दै श्रीमान 

उपचार खर्च तिर्न नसक्दा सुत्केरी अस्पतालमा बन्धक, पैसा खोज्दै श्रीमान 

  • 536
    SHARES
  • उपचार खर्च तिर्न नसक्दा सुत्केरी अस्पतालमा बन्धक, पैसा खोज्दै श्रीमान 

    जनकपुर । उपचार खर्च तिर्न नसक्दा जनकपुरको एक निजी अस्पतालमा चार दिनदेखि एकजना सुत्केरी बन्धक भएकी छिन् । 

    जनकपुरको आर्या केयर अस्पतालमा धनुषा क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरकी ३० वर्षीया बेगम खातुन चार दिनदेखि बन्धक बनेकी हुन् । ब्यथा लागेपछि यही असार १७ गते अस्पताल भर्ना भएकी उनको शल्यक्रियाबाट जुम्ल्याहा बच्चाको जन्म भयो । 

    असार २१ गते नै खातुनलाई अस्पतालले डिस्चार्ज गरे पनि उपचारमा लागेको खर्च एक लाख १० हजार बुझाउन नसक्दा उनी चार दिनदेखि अस्पतालमै बन्धक बनेकी छन् । 

    अस्पताल प्रशासनले उनलाई जनरल वार्डमा राखेर घर जानबाट वञ्चित गरेको छ । खातुनका ३१ वर्षीय श्रीमान् मोहम्मद समीर नदाफले आफन्त र गाउँमा अस्पताललाई तिर्नुपर्ने पैसा खोजे पनि पूरा रकम व्यवस्था गर्न सकेको छैनन् । लकडाउनका कारण देखाएर ऋण नपाउँदा उनी अस्पतालमा चार दिनदेखि घेरिएको नदाफले बताए ।

    दैनिक ज्याला मजदूरी गरी जीविकोपार्जन गर्दै आएका नदाफको न आफ्नो घर छ, न त काम । उपचार खर्च तिर्न नसक्दा श्रीमती र नवजात शिशुलाई अस्पतालबाट घर ल्याउनका लागि केही दिनयता गाउँमा चारैतिर घुमेर चन्दा संकलन गरिरहेको नदाफले बताए । 

    चन्दाबाट करिब ५० हजार रुपैयाँ संकलन भएको र बाँकी ६० हजार जुटाउन नसकेको उनी बताउँछन् । अस्पताल प्रशासनले बिरामीको आर्थिक अवस्था हेरेर केही छुट गर्न सक्ने तर सबै उपचार खर्च मिनाहा गर्न नसकिने बताएको छ । अस्पताल प्रशासनका अनुसार दुवै बच्चालाई आइसियुमा राखेर उपचार गर्नुपरेकाले खर्च बढेको हो । अस्पतालले गर्नसक्ने जति सक्दो छुट गर्नेछ । 

     

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij