Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

सुदूरपश्चिमका मुख्यमन्त्री नियुक्तिविरूद्धको रिट खारेज

सुदूरपश्चिमका मुख्यमन्त्री नियुक्तिविरूद्धको रिट खारेज

  • 153
    SHARES
  • सुदूरपश्चिमका मुख्यमन्त्री नियुक्तिविरूद्धको रिट खारेज

    काठमाडौं । सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारीको नियुक्तिविरूद्धको रिट निवेदन खारेज गरेको छ ।

    न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना, कुमार चुडाल र सुनीलकुमार पोखरेलको पूर्ण इजलासले आज निर्देशनात्मक आदेश गर्दै रिट निवेदन खारेज हुने फैसला सुनाएको हो ।

    सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीको नियुक्तिविरुद्ध गत वैशाख ९ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको थियो ।

    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका नेता सोडारीको मुख्यमन्त्री नियुक्ति बदर गर्न माग गर्दै नागरिक उन्मुक्ति पार्टी (नाउपा)का लक्ष्मणकिशोर चौधरीले रिट निवेदन दायर गरेका थिए ।

    तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका लागि पहिलोपटक दाबी पेस गर्न समय दिँदा एकीकृत समाजवादीको समर्थनसहित लक्ष्मणकिशोरलाई मुख्यमन्त्री प्रस्ताव गरिएको थियो ।

    सोही समयमा नाउपाकै कैलाश चौधरीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेताको समर्थनसहित दाबी पेस गरेका थिए ।

    प्रदेश प्रमुख नजिर मियाँले भने दुवै दाबीलाई खारेज गरी फेरि दाबी पेशका लागि समय दिएपछि सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij