Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

तोलामा एक हजारले घट्यो सुन

तोलामा एक हजारले घट्यो सुन

  • 125
    SHARES
  • तोलामा एक हजारले घट्यो सुन

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज सामान्य घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाला सुन बिहीबार प्रतितोला एक लाख ४० हजारमा कारोबार भएकामा आजका लागि एक लाख ३९ हजार तीन सय निर्धारण भएको छ ।

    यस्तै तेजाबी सुन बिहीबार तोलामा एक लाख ३९ हजार तीन सयमा कारोबार भएकोमा आज एक लाख ३८ हजार छ सय ५० तय भएको छ ।

    चाँदीको मूल्य पनि तोलामा पाँचले घटेको छ । बिहीबार तोलामा एक हजार आठ सय पाँचमा कारोबार भएको चाँदीको भने एक हजार आठ सय निर्धारण भएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij