वेबटिभी खबर
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार संसदबाट विश्वासको मत लिएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नारावाजीबीच सभामुख देवराज घिमिरेले विश्वासको मत लिने प्रक्रिया जारी राखेका थिए ।
प्रधानमन्त्रीले मागेको विश्वासको मतको पक्षमा १५७ मत परेसँगै उनले विश्वासको मत पाएका हुन् ।
सभामुख घिमिरेका अनुसार जम्मा खसेको १५८ मतमध्ये दाहालले १५७ पाएका हुन । बहुमत मत पाएकाले प्रधानमन्त्रीले विश्वासको मत पाएको घिमिरेले घोषणा गरे ।
प्रधानमन्त्रीले विश्वासकाे मत पाएपछि संसद जेठ ११ गते बस्नेगरी स्थगित भएकाे छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij