Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

हतियार बुझाउने बुँदा खैः कांग्रेस प्रवक्ता  

हतियार बुझाउने बुँदा खैः कांग्रेस प्रवक्ता  

  • फाल्गुण २१, २०७७ शुक्रवार १६:४८ बजे
  • 802
    SHARES
  • हतियार बुझाउने बुँदा खैः कांग्रेस प्रवक्ता  

    काठमाडौं । नेपाली कांग्रेसले सरकार र विप्लव नेतृत्वको नेकपाबीच भएको सहमतिको स्वागत गर्दै अब कोही नेपाली मारिने छैनन् भन्ने उद्घोष गर्नुपर्ने बताएको छ ।

    पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल ट्विटरमा 'कम्युनिस्ट दर्शनका नाममा कोही नेपाली अब मारिने छैनन् भनेर साझा उद्घोष गर्ने बेला भएन ?' भनेर प्रश्न सोधेका छन् ।

    त्यसैगरी उनले तीनबुँदे सहमतिमा एउटा बुँदा थप्नु पर्ने सुझाएका छन् । प्रचण्ड शान्ति प्रक्रियामा आउँदा थोरै हतियार खोलाले बगाएको भन्ने गरेको प्रसंग उल्लेख गर्दै उनले विप्लव शान्ति प्रक्रियामा आउँदा हतियारसम्बन्धि बुँदा नहुनु गलत भएको उनले औँल्याएका छन् । 

    उनले 'हतियार बुझाउने सम्बन्धि चौथों बुँदा खोइ ?' भनेर प्रश्न गरेका छन् । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij