वेबटिभी खबर
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक हजार दुई सयले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन सोमबार प्रतितोला एक लाख ४१ हजार आठ सयमा कारोबार भएकोमा आज एक लाख ४० हजार छ सय निर्धारण गरिएको छ ।
यस्तै तेजाबी सुन सोमबार तोलामा एक लाख ४१ हजार एक सयमा कारोबार भएकोमा आज प्रतितोला एक लाख ३९ हजार नौ सय निर्धारण गरिएको महासंघले जनाएको छ ।
यसदिन चाँदीको मूल्य पनि तोलामा ५५ ले घटेको छ । सोमबार प्रतितोला एक हजार नौ सय ४० मा कारोबार भएकोमा आज एक हजार आठ सय ८५ मा कारोबार भइरहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij