Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेलले गरे सफल सगरमाथा आरोहण  

सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेलले गरे सफल सगरमाथा आरोहण  

  • 142
    SHARES
  • सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेलले गरे सफल सगरमाथा आरोहण  

    काठमाडौं । सशस्त्र प्रहरीका निरीक्षक सुरज पौडेलले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । सशस्त्र प्रहरी बल नेपालको प्रतिनिधित्व गर्दै पौडेलले सोमबार सगरमाथाको शिखर चुमेका हुन । सोमबार बिहान १० बजेर २० मिनेट जाँदा उनी सगरमाथाको शिखरमा पुगेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।

    जेठ ७ गते सोमबार बिहान १०:२० बजेको समयमा उनले सगरमाथाको सफल आरोहण गरेका हुन् । सशस्त्र प्रहरी निरीक्षक पौडेल सगरमाथामा आरोहणका लागि गत चैत्र ३० गते त्यसतर्फ गएका थिए । उनले यसबीचमा सगरमाथासँगै रहेको लुवुचे हिमालको समेत सफल आरोहण गरेका थिए । गत जेठ ३ गते सशस्त्र प्रहरी निरीक्षक पौडेलसहितको आरोहण टोली सगरमाथाको चुचुरातर्फ प्रस्थान गरेको थियो ।

    सशस्त्र प्रहरी बलले उत्तरतर्फको कठिन भूगोलमा समेत आफ्नो उपस्थिति जनाउँदै लगेको अवस्थामा यस आरोहणले आगामी दिनमा हिमाली भेगमा हुने विपद् व्यवस्थापन कार्यमा समेत सहयोग पुग्ने संगठनले अपेक्षा गरेको छ । हिमाली भेगमा हुने विपद् व्यवस्थापन उद्धारका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले सशस्त्र प्रहरी बलले पर्वतीय उद्धार तालिम शिक्षालय स्थापना गरिसकिएको छ । यसबाट दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य लिए अनुरुप सगरमाथाको सफल आरोहणले त्यस प्रकारका तालिमलाई समेत गुणस्तरीय बनाउन मद्दत पुग्नेछ । 

    विश्वको सर्वोच्च शिखर सगरमाथा सीमा क्षेत्रसमेत रहेकोले नेपालको होचो भूभाग झापा जिल्लाको केचनाकवलदेखि सीमाको अधिकतम उचाइसम्म सशस्त्र प्रहरी बलको उपस्थितको रुपमा समेत संगठनले यसलाई लिएको छ । सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेलले उत्तरी सीमानामा पर्ने विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकै समयमा दक्षिणी सीमाना नजिक पर्ने झापाको ५८ मिटर उचाइमा रहेको केचनाकवलमा बिओपी केचनाबाट सशस्त्र प्रहरी निरीक्षक केशव मैनाली कमान्डको टोली पुगेको थियो । यसरी सबैभन्दा अग्लो र होचो भूभागमा सशस्त्र प्रहरीका अधिकृत तथा गस्ती टोली एकैसाथ पुगेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij