Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

गहुँको बोरामा गाँजा भेटियो 

गहुँको बोरामा गाँजा भेटियो 

  • 131
    SHARES
  • गहुँको बोरामा गाँजा भेटियो 

    सर्लाही । गहुँको बारोमा लुकाएर ल्याएको ५ किलो गाँजासहित ६५ वर्षीय पुरुषलाई सर्लाहीको लालबन्दीबाट प्रहरीले पक्राउ गरेको छ । 

    लालबन्दी इलाका प्रहरी कार्यालयको गस्ती टोलीले हिजो अपरान्ह साढे ४ बजे लालबन्दी नगरपालिका–७ स्थित बर्गर हाउस अगाडीबाट गाँजासहित महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–९ बस्ने नागेन्द्र सिंहलाई पक्राउ गरेको हो ।

    बोरा लिएर बसेका उनको गतिविधि शंकास्पद लागेपछि प्रहरीले जाँच गर्दा गहुँको राखिएको बोराभित्र गाँजा लुकाएर ल्याएको भेटिएको थियो । गाँजासहित पक्राउ परेका सिंहमाथि लागुऔषध मुद्दामा कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # लागुऔषध

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij