Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

भारतमा कोरोनाबाट दैनिक मृत्यु हुनेको संख्या केही बढ्यो 

भारतमा कोरोनाबाट दैनिक मृत्यु हुनेको संख्या केही बढ्यो 

  • 648
    SHARES
  • भारतमा कोरोनाबाट दैनिक मृत्यु हुनेको संख्या केही बढ्यो 

    नयाँ दिल्ली । भारतमा कोरोना संक्रमणबाट दैनिक मृत्यु हुनेको संख्या थोरै बृद्धि भएको छ ।

    केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा भारतमा कोरोना स‌ंक्रमणबाट एक हजार २०६ जनाको मृत्यु भएको जनाएको छ । 

    हजारभन्दा घटीको मृत्यु भइरहेकोमा यो पटक केही बढेको हो । 

    योसँगै भारतमा कोरोनाका कारण अहिलेसम्म चार लाख सात हजार १४५ जनाको मृत्यु भएको छ । 

    त्यसैगरी पछिल्लो २४ घण्टामा भारतमा थप ४२ हजार ७६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    यो अवधिमा ४५ हजार २५४ जना संक्रमणमुक्त भएका छन् । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij