वेबटिभी खबर
रौतहट । रौतहटमा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ । जिल्लाको राजपुर नगरपालिकाका-३ का ओसी महमदका १४ वर्षीय छोरा रिजमाद महदको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो ।
रिजमादलाई दाँतले टोकेर पानी चलाउने मोटरमा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेको थियो ।
उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय राजपुरका प्रमुख सई सुरेश गुप्ताले जानकारी दिए ।
मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको ईलाका प्रहरी कार्यालय राजपुरले जानकारी दिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij