Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

दमौलीका आगलागीपीडितलाई उचित राहत प्रदान गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण

दमौलीका आगलागीपीडितलाई उचित राहत प्रदान गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण

  • 95
    SHARES
  • दमौलीका आगलागीपीडितलाई उचित राहत प्रदान गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण

    तनहुँ । तनहुँको व्यास नगरपालिका–३ स्थित फलफूल लाइनमा भएको आगलागीपीडितलाई उचित राहत प्रदान गर्न प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराइएको छ ।

    राष्ट्रिय सभा सदस्य एवम् नेकपा (एमाले) का प्रमुख सचेतक भगवती न्यौपानेले आज प्रधानमन्त्री दाहाललाई भेटेर पीडितलाई उचित राहत र क्षतिपूर्ति प्रदान गर्न ध्यानाकर्षण गराएकी हुन् ।

    त्यसक्रममा प्रधानमन्त्री दाहालले पीडितलाई राहत दिने विषयमा सरकार गम्भीर रहेको आश्वासन दिनुभएको न्यौपानेले जानकारी दिए । प्रधानमन्त्री दाहालले भने, ‘आगलागीका कारण २१ जनाको रोजीरोटी गुमेको छ, व्यापार व्यवसाय बन्द भएको छ । सरकारका तर्फबाट के गर्न सकिन्छ त्यसतर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गराएकी छु । उहाँबाट सकारात्मक जवाफ आएको छ ।’

    न्यौपानेले शनिबार मात्रै दमौलीमा पीडितसँग भेटेर सरकारसमक्ष कुरा पुर्‍याउने प्रतिबद्धता जनाएकी थिइन् । गत सोमबार बिहान १२ः४५ बजे आगलागी हुँदा जिल्ला समन्वय समितिको स्वामित्वमा रहेका यहाँका २१ व्यवसायिक सटर पूर्णरूपमा जलेका थिए ।

    यहाँ आइसिक्रम पसल, सैलुन, फलफूल, मदिरा, मोबाइल, पुस्तक पसल, दूध डेरीलगायत सञ्चालनमा थिए । त्यस क्रममा छ करोड ९९ लाख ५१ हजार छ सय ७० को क्षति भएको व्यास नगरपालिकाले गठन गरेको समितिले जनाएको छ ।

    आगलागीका क्रममा थोरै तीन लाख दश हजारदेखी एक करोड १५ लाखसम्मको क्षति भएको छ । सबैभन्दा बढी इमेज मोबाइलको एक करोड १५ लाख र रक्सी बिक्रेताको एक करोड १५ लाख क्षति भएको नगरपालिकाले गठन गरेको समितिका संयोजक एवम् वडाध्यक्ष अनुप रानाले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij