Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

१४ औं महाधिवेशन: क्रियाशील सदस्यता छानबिन समयमै टुंग्याउन पौडेलको निर्देशन

१४ औं महाधिवेशन: क्रियाशील सदस्यता छानबिन समयमै टुंग्याउन पौडेलको निर्देशन

  • 572
    SHARES
  • १४ औं महाधिवेशन: क्रियाशील सदस्यता छानबिन समयमै टुंग्याउन पौडेलको निर्देशन

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले क्रियाशील सदस्यता छानबिन समयमै टुंग्याउन निर्देशन दिएका छन् ।

    शनिबार तिलगंगास्थित नेपाल-भारत मैत्री धर्मशाला पुगेर क्रियाशील सदस्यता छानबिन समितिको कामकाजबारे जानकारी लिँदै पौडेलले निर्देशन दिएका हुन् । 

    वरिष्ठ नेता पौडेलले छानबिन समितिको कामको प्रशंसा गरेको समितिका प्रवक्ता प्रदीप पौडेलले बताए ।

    कांग्रेसको १४औं महाधिवेशन १६-१९ भदौमा काठमाडौंमा तय गरिएको छ । त्यस्तै, १४ साउनबाट वडा अधिवेशन हुने तय गरिएको छ । त्यसअघि क्रियाशील सदस्यताको टुंगो लगाउनुपर्ने छ ।

    अहिले समितिले क्रियाशील सदस्यताको छानबिन गरिरहेको छ ।    

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij