Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई एक खर्ब ५० अर्ब ५३ करोड

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई एक खर्ब ५० अर्ब ५३ करोड

  • 113
    SHARES
  • भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई एक खर्ब ५० अर्ब ५३ करोड

    काठमाडौं । सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि एक खर्ब ५० अर्ब ५३ करोड विनियोजन गरेको छ ।

    अर्थमन्त्री वर्षमान पुनले आज संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा उक्त मन्त्रालयले कार्यान्वयन गर्ने विभिन्न आयोजनासहित बजेट विनियोजन गरिएको उल्लेख गरे ।

    सडक पूर्वाधारलाई सुरक्षित, गुणस्तरीय, दिगो र भरपर्दो बनाइने सरकारको लक्ष्य रहेको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत नारायणघाट-बुटवल सडकखण्ड र कमला-कञ्चनपुर सडकखण्डलाई चारलेनमा विस्तार गर्ने कार्य आगामी आवमा सम्पन्न गरिने बजेटमा उल्लेख छ ।

    काँकडभिट्टा-लौकही, कमला-ढल्केवर-पथलैया, पथलैया-नारायणघाट,  बुटवल-गोरुसिंगे  र  भालुबाङ-लमही सडकखण्ड स्तरोन्नति कार्य सुरु गरिने र पूर्व-पश्चिम राजमार्ग विस्तारका लागि २९ अर्ब ८८ करोड विनियोजन गरिएको बजेटमा उल्लेख छ ।

    यसैगरी काठमाडौं-तराईं मधेस द्रुतमार्ग सडक आयोजनाअन्तर्गत निर्माणाधीन महादेवटार, धेद्रे र लेनडाँडा सुरुङमार्गको निर्माण आगामी आवमा सम्पन्न गर्ने सरकारको लक्ष्य छ ।

    काठमाडौं-तराई मधेस द्रुतमार्ग आयोजनाका लागि २२ अर्ब ५४ करोड विनियोजन भएको छ । अर्थमन्त्री पुनका अनुसार आगामी आवमा मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत निर्माणाधीन कटुञ्जे-आरुघाट सडकखण्डसमेत गरी ७५ किलोमिटर कालोपत्रे र १० वटा पुल निर्माण सम्पन्न गर्न  रु तीन अर्ब ६८ करोड विनियोजन भएको छ ।

    हुलाकी राजमार्गअन्तर्गत ७५ किलोमिटर कालोपत्रे र १० वटा पुलको निर्माण कार्य  सम्पन्न गर्न तीन अर्ब ३० करोड विनियोजन गरिएको छ । बजेटमा कोशी, कालीगण्डकी र कर्णाली कोरिडोरको निर्माण कार्यलाई तीव्रताका साथ अगाडि बढाइने उल्लेख छ ।

    कालीगण्डकी कोरिडोरको गैंडाकोट-राम्दी-मालढुङ्गा खण्ड र मालढुङ्गा-बेनी-जोमसोम-कोरोला खण्ड गरी थप ५० किलोमिटर र कोशी कोरिडोरको थप ३० किलोमिटर सडक कालोपत्रे गरिने उनको भनाइ छ ।

    कर्णाली कोरिडोरको पाँच वटा पुल निर्माण र ५० किलोमिटर सडक स्तरोन्नति गरिनेछ । उत्तर दक्षिण कोरिडोरको लागि चार अर्ब ४३ करोड विनियोजन भएको छट ।

    मदन भण्डारी राजमार्गको बाँकी निर्माण कार्य अगाडि बढाउन तीन अर्ब ६० करोड विनियोजन गरेको भएको छ । रत्न राजमार्ग, कर्णाली राजमार्ग, सिद्धार्थ राजमार्ग लगायतका सडक सञ्जालको विस्तार र स्तरोन्नति कार्यलाई तीव्रता दिइनेछ ।

    नागढुङ्गा-नौबिसे-मुग्लिङ खण्डमा थप ४० किलोमिटर स्तरोन्नति गरिन बजेट वक्तव्यमा उल्लेख गरिएको छ । आँबुखैरनी-पोखरा खण्डमा कालोपत्रे सम्पन्न  र मुग्लिङ-आँबुखैरनी खण्ड विस्तारको निर्माण कार्य सुरु गरिने लक्ष्य छ । यसको लागि नौ अर्ब ५७ करोड विनियोजन भएको छ ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij