Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

चितुवाले मार्याे एउटै खोरका ११ भेडा

चितुवाले मार्याे एउटै खोरका ११ भेडा

  • 511
    SHARES
  • चितुवाले मार्याे  एउटै खोरका ११ भेडा

    नवलपरासी । जंगलबाट बस्तीमा छिरेको चितुवाको आक्रमणबाट नवलपरासीको मध्यबिन्दुका एक जना किसानको भेडा गोठ नै रित्तिएको छ ।     

    मध्यबिन्दु-१ अभियनकी मनकुमारी महतोले गोठभित्रका १५ भेडामध्ये ११ वटा भेडा चितुवाले मारेको हो । 

    जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट-सुस्तापूर्व) का प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले चितुवाको आक्रमणबाट गोठमा रहेका अन्य चारवटा भेडा गम्भीर घाइते भएका जानकारी दिए । चितुवाको आक्रमणबाट भेडा गोठ नै रित्तो भएपछि महतो पीडामा छिन् । 

    स्थानीय गणेश महतोले चितुवाको आक्रमणबाट दुई लाखभन्दा बढीको क्षति भएको बताए । कच्ची गोठ भएकाले सजिलैसँग चितुवा गोठभित्र छिरेर भेडालाई आक्रमण गरेको हुनसक्ने प्रहरीले जनाएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij