Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

बजेटमा केही कमीकमजोरी भए छलफल गरेर पारित गर्नुपर्छ : अध्यक्ष ओली

बजेटमा केही कमीकमजोरी भए छलफल गरेर पारित गर्नुपर्छ : अध्यक्ष ओली

  • 103
    SHARES
  • बजेटमा केही कमीकमजोरी भए छलफल गरेर पारित गर्नुपर्छ : अध्यक्ष ओली

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेटमा केही कमीकमजोरी भए पनि त्यसमा व्यापक छलफल गरेर पारित गर्नुपर्ने बताएका छन ।

    नयाँ बानेश्वरस्थित संसद् भवनमा आज भएको नेकपा (एमाले) संसदीय दलको बैठकमा उनले बजेटमा सघन छलफल गरेर त्यसलाई पारित गर्नुपर्ने बताएका हुन । ‘बजेटलाई  हामी पूर्णरूपेण समर्थन गर्दै त्यसलाई पारित गर्नेछौँ । यसको अर्थ बजेटका कमीकमजोरी नऔँल्याउने भन्ने होइन,’ अध्यक्ष ओलीले भने । 

    अध्यक्ष ओलीले आफ्नो क्षेत्रका आयोजनाका निम्ति विनियोजित रकम तथा  प्रस्तावित आयोजना बजेटमा समावेश भएनभएको निक्रयोल गर्न आफ्नो दलका सांसदहरूलाई सुझाव दिए । उनले सरकारमा सहभागी दलसँग परामर्श गरेर सदनमा बजेट पेस भएको बताए ।

    बैठकमा पार्टी उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेटका सबल र दुर्बल पक्षको समीक्षा गरेका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij