Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

अष्ट्रेलियाले अन्तराष्ट्रिय विद्यार्थी घटाए अर्थतन्त्रका लागि हानिकारक हुने विज्ञको चेतावनी 

अष्ट्रेलियाले अन्तराष्ट्रिय विद्यार्थी घटाए अर्थतन्त्रका लागि हानिकारक हुने विज्ञको चेतावनी 

  • रासस
  • जेठ २४, २०८१ बिहिवार १४:३३ बजे
  • 173
    SHARES
  • अष्ट्रेलियाले अन्तराष्ट्रिय विद्यार्थी घटाए अर्थतन्त्रका लागि हानिकारक हुने विज्ञको चेतावनी 

    क्यानबेरा । अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्या सीमित गर्ने कदम अर्थतन्त्रका लागि हानिकारक हुने विश्वविद्यालय अनुगमनकारी सर्वोच्च निकायले अष्ट्रेलियाको सरकारलाई चेतावनी दिएको छ ।

    एउटा शैक्षिक सम्मेलनलाई सम्बोधन गर्दै ‘युनिभर्सिटीज अस्ट्रेलिया’का प्रमुख कार्यकारी ल्युक सिहीले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्या कटौती अदूरदर्शी कार्यक्रम भएकाले अष्ट्रेलियाको अर्थतन्त्रमा प्रतिकूल असर पार्ने बताए । 

    अस्ट्रेलियाको अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रले राष्ट्रिय स्तरमा दुई लाख ५० हजार रोजगारीलाई समर्थन गर्दछ । शिक्षामा मात्र नभई खुद्रा, पर्यटन र आवासजस्ता क्षेत्रहरूमा पनि रोजगारीका अवसरहरू रहेको उनले बताए ।  

    अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्या फेब्रुअरीमा सात लाख नाघेपछि मे महिनामा सत्तारुढ लेबर पार्टीले अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना सीमित गर्ने योजना घोषणा गरेको थियो ।

    अष्ट्रेलियाका चार ठुला बैंकहरूमध्ये एक नेसनल अष्ट्रेलिया बैंकका अर्थशास्त्रीहरूले मार्चमा जारी गरेको विश्लेषणले सन् २०२३ मा अष्ट्रेलियाको आर्थिक वृद्धिको आधाभन्दा बढी अन्तरराष्ट्रिय विद्यार्थीहरूको खर्च रहेको खुलासा गरेको छ ।

    अन्तर्राष्ट्रिय विद्यार्थीको शीघ्र फिर्ती नभएको भए राष्ट्र खतरनाक रूपमा मन्दीको नजिक झर्ने उनीहरुले चेतावनी दिएका छन् । 

    अष्ट्रेलियामा हुने शुद्ध वार्षिक आप्रवासन सन् २०२२/२३ मा उच्च पाँच लाख २८ हजारबाट सन् २०२४/२५ मा दुई लाख ६० हजार बनाउने सरकारको योजना रहेको छ ।  

  • सम्बन्धित विषय:

  • # अष्ट्रेलिया

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij