Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

राष्ट्रिय परिचयपत्र विवरण दर्ता विशेष शिविर सञ्चालन

राष्ट्रिय परिचयपत्र विवरण दर्ता विशेष शिविर सञ्चालन

  • 92
    SHARES
  • राष्ट्रिय परिचयपत्र विवरण दर्ता विशेष शिविर सञ्चालन

    मकवानपुर । मकवानपुर जिल्ला प्रशासन कार्यालयले आजदेखि राष्ट्रिय परिचयपत्र विवरण दर्ता विशेष शिविर सञ्चालन गरेको छ । शिविरको प्रारम्भ राक्सिराङ गाउँपालिकाबाट भएको छ । 

    सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको र जिल्ला प्रशासन कार्यालयबाट मात्र राष्ट्रिय परिचयपत्र बनाउन विवरण संकलन गर्दा सेवाग्राहीको चाप दैनिक बढ्दै गएपछि शिविर सञ्चालन भएको हो ।

    आजदेखि असार २२ गतेसम्म जिल्लाका विभिन्न स्थानमा शिविर सञ्चालन हुनेछ । जिल्लाको थाहा नगरपालिका,  राक्सिराङ, कैलाश, इन्द्रसरोबर, वाग्मती, बकैया, मकवानपुरगढी, भीमफेदी र मनहरी गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेलाई लक्षित गरी राष्ट्रिय परिचयपत्र विवरण दर्ता विशेष शिविर सञ्चालन भएको प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij