वेबटिभी खबर
चितवन । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आफूसंग भएको स्रोत, साधन, क्षमता र प्रविधिलाई अधिकतम उपयोग गरेर सेवा प्रदान गरेको बताएका छन ।
आज अस्पतालको निरीक्षण तथा अनुगमन गर्दै उनले देशभरिबाट क्यान्सर अस्पतालमा उपचारमा आउने बिरामीलाई अझ उत्कृष्ट सेवा प्रदान बताएका हुन । ‘क्यान्सरका बिरामी यहाँ उपचार गर्न आउनुहुन्छ, अस्पतालमा कुनै प्रकारको विभेद गरियो भन्ने मैले सुनेको छैन ।’ मन्त्री यादवले भने, ‘बिरामी दिनदिनै बढिरहेको छ । बिरामी बढेपछि श्यया बढाउनु पर्छ तर जनशक्ति छैन भने त्यो बिरामीलाई हेरचाह कस्ले गर्ने ?’
मन्त्री यादवले विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको विषयमा प्रधानमन्त्रीसँग पनि छलफल भएको जनाउँदै यसबारेमा प्रधानमन्त्री पनि सकारात्मक भएको बताए । उनले सुर्तीजन्य पदार्थबाट लिएको कर स्वास्थ्य मन्त्रालय र क्यान्सर अस्पतालको भएको उल्लेख गरे
उनले यस अस्पताललाई एक हजार श्ययाको अस्पताल बनाउने लक्ष्यमा आफ्नो र मन्त्रालयको साथ र सहयोग रहने जानकारी दिए । सो अवसरमा अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले अस्पतालको परिचय, उद्देश्य, अस्पतालले प्रदान गर्ने सेवा, अस्पतालमा उपचार गर्न आउने बिरामीको सङ्ख्याको बारेमा मन्त्री यादवलाई जानकारी गराएका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij