Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

प्रतिनिधिसभा विघटनः फैसला आज

प्रतिनिधिसभा विघटनः फैसला आज

  • 1.3K
    SHARES
  • प्रतिनिधिसभा विघटनः फैसला आज

    काठमाडौं । प्रतिनिधिसभा विघटन र प्रधानमन्त्री नियुक्तिसम्बन्धी मुद्दाको फैसला आज (असार २८ गते) हुने भएको छ । यही असार २१ गते सुुनुवाइ सकिएको मुद्दामा सर्वोच्च अदालतले आज फैसला सुनाउने भएको हो । 

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीश दीपककुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले असार ९ गतेदेखि सुरु गरेको अन्तिम सुनुवाइ सबै पक्षको बहसपछि गत सोमबार टुंगिएको थियो ।

    निवेदक, सरकारी वकिल, प्रधानमन्त्री केपी शर्मा ओलीका निजी कानुन व्यवसायी, सभामुख अग्निप्रसाद सापकोटाका निजी कानुन व्यवसायी, एमिकस क्युरी हुँदै निवेदनको जवाफी बहस सुनेर इजलासले आजका लागि पेशी तोकेको हो ।

    सो मुद्दामा पक्ष, विपक्ष, एमिकस क्युरीसहित ८२ जनाले आफ्नो तर्क राखेका थिए । ती बहसका तर्क, तथ्य, पेश भएका नजिर, विदेशी सन्र्दभ सामग्री र बहस नोट न्यायाधीशले अध्ययन गरेका छन् ।

    अघिल्लो पटकको विघटन मुद्दाको क्रममा पनि संवैधानिक इजलासमा बसेका न्यायाधीशलाई तीन दिन घरमै बसेर अध्ययन गरेका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij