Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

प्रहरी कर्मचारीका लागि आध्यात्मिक चिन्तन महत्वपूर्ण छ : प्रहरी महानिरीक्षक कुवँर

प्रहरी कर्मचारीका लागि आध्यात्मिक चिन्तन महत्वपूर्ण छ : प्रहरी महानिरीक्षक कुवँर

  • 115
    SHARES
  • प्रहरी कर्मचारीका लागि आध्यात्मिक चिन्तन महत्वपूर्ण छ : प्रहरी महानिरीक्षक कुवँर

    काठमाडौं । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी कर्मचारीका लागि आध्यात्मिक चिन्तन अतिआवश्यक रहेको बताएका छन् ।

    काठमाडौंको बूढानीलकण्ठस्थित नेपाल विपस्यना केन्द्रमा आज १० दिवसीय विपस्यना ध्यान शिविरको समापनका अवसरमा महानिरीक्षक कुँवरले कार्यक्रमा सहभागी प्रहरी निरीक्षकको जागिरे जीवनमा मात्र नभई व्यक्तिगत जीवनमा समेत आध्यात्मिक चिन्तनले प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरे ।

    उनले प्रहरीको जीवनशैली चुनौतीपूर्ण रहेको उल्लेख गर्दै विभिन्न कठिनाइहरूको सामना गर्नु अगाडि आत्मचिन्तन, आत्मानुभूति र तनावमुक्त हुन पाउनु एउटा अमूल्य अवसर रहेको उल्लेख गरे ।

    ‘जीवनमा आइपर्ने विभिन्न बाधा, कठिनाइ, चुनौतीले धेरै उदास नहुने र प्राप्त हुने हर्ष उल्लासले वास्तविकता नबिर्सने ज्ञान र सीप प्राप्त गर्नसमेत यो ध्यान शिविरले मद्दत पुर्याउने विश्वास लिएको छु’, महानिरीक्षक कुँवरले भन्नुभयो,“शिविरमा सहभागी भएका प्रहरी निरीक्षकहरूले सधैँ विवेकशील र व्यावसायिक ढङ्गले आफ्नो कर्तव्यपालन गर्ने र नेपाल प्रहरीको उज्जवल भविष्यका रूपमा आफूलाई सावित गर्नसमेत यसले महत्वपूर्ण काम गर्नेछ ।’

    कार्यक्रममा अवकाशप्राप्त प्रहरी महानिरीक्षक कुवेरसिंह राना र नेपाल विपस्यना केन्द्रका क्षेत्रीय आचार्य डा रूप ज्योतिले ध्यान शिविरको महत्वलगायत विषयमा मन्तव्य व्यक्त गरेका थिए ।

    राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको समन्वयमा जेठ २२ गतेदेखि सञ्चालित शिविरमा हालै दीक्षित प्रहरी निरीक्षक आधारभूत तालिम १८२औँ समूहका एक सय ४६ जनाको सहभागिता रहेको थियो ।

  • सम्बन्धित विषय:

  • # प्रहरी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij