Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

किर्ते सवारी पास बनाउने दुई जना पक्राउ

किर्ते सवारी पास बनाउने दुई जना पक्राउ

  • 703
    SHARES
  • किर्ते सवारी पास बनाउने दुई जना पक्राउ

    वीरगञ्ज । बारा प्रहरीले किर्ते सवारी पास बनाउने उपकरणसहित दुई जनालाई पक्राउ गरेको छ । कलैया उपमहानगरपालिका-१७ बस्ने २१ वर्षीय जय नारायणप्रसाद जयसवाल र कलैया-३ बस्ने ३० वर्षीय गोपालप्रसाद साह पक्राउ परेका हुन् ।

    प्रहरीले शनिबार जितपुर सिमरा उपमहानगरपालिका-१ पथलैया चोकस्थित सडकमा सवारी साधनहरु चेकजाँच गरिरहेको थियो । कलैयादेखि काठमाडौं जान लागेको ना१ज ७२८८ न.को सुमो  चेकजाँचका क्रममा जयनारायणसँग जिल्ला प्रशासन कार्यालय बाराको छाप र अधिकृतको दस्तखतसमेत किर्ते गरी बनाइएको नक्कली सवारी पास फेला परेको थियो ।

    उनलाई पक्राउ गरी सोधपुछ गर्दा कलैया-४ स्थित मालपोत कार्यालय अगाडिको दाइभाइ फोटो स्टुडियो एण्ड जनरल स्टोरबाट बनाएको बताएका थिए ।

    पसल खानतलासी गर्ने क्रममा थप तीन थान नक्कली सवारी पास तथा पास बनाउन प्रयोग गरिएका विभिन्न उपकरण फेला परेपछि गोपाललाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

    पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय सिमरा बारामा राखी लिखत सम्बन्धी कसुर (किर्ते मुद्दा) मा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले बताए ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij