Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

१० बुँदे सहमतिप्रति महासचिव पाेखरेलकाे प्रतिक्रिया- आन्तरिक जीवनमा यो अत्यन्तै सुखद्

१० बुँदे सहमतिप्रति महासचिव पाेखरेलकाे प्रतिक्रिया- आन्तरिक जीवनमा यो अत्यन्तै सुखद्

  • 627
    SHARES
  • १० बुँदे सहमतिप्रति महासचिव पाेखरेलकाे प्रतिक्रिया- आन्तरिक जीवनमा यो अत्यन्तै सुखद्

    काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीलाई नयाँ शिराबाट उठाउने बताएका छन् ।

    आइतबार राति अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालपक्षीय नेताहरू गठित कार्यदलले १० बुँदे सहमति गरेको थियो । त्यसको स्वागत गर्दै महासचिव पोखरेलले पार्टीको आन्तरिम जीवनमा १० बुँदे सहमति सुखद् रहेको बताएका हुन् । 

    पार्टी अब एकताबद्ध रूपमा देश र जनताको समस्या समाधान गरी ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय लक्ष्य हासिल गर्ने काममा केन्द्रित रहने पाेखरेलले स्पष्ट पारेका छन् । 

    ‘नेकपा एमालेमा लामो समयदेखि देखा परेको समस्याको समाधानका लागि गठित कार्यदलले पार्टीको आन्तरिक एकताका लागि १० बुँदे सहमति तयार गरेकोमा कार्यदलका साथीहरूलाई धन्यवाद,’ महासचिव पोखरेलले आइतबार फेसबुकमा भने, ‘नेकपा (एमाले) को आन्तरिक जीवनमा यो अत्यन्तै सुखद् छ । अब हामीले संगठनलाई मजबुत बनाउँदै पार्टीलाई नयाँ शिराबाट उठाउने छौं । नेकपा (एमाले) अब एकतावद्ध रूपमा देश र जनताको समस्या समाधान गरी ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय लक्ष्य हासिल गर्ने काममा केन्द्रित रहन्छ ।’  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij