Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

अमेरिकामाथि कारवाही गर्ने चीनको चेतावनी

अमेरिकामाथि कारवाही गर्ने चीनको चेतावनी

  • 548
    SHARES
  • अमेरिकामाथि कारवाही गर्ने चीनको चेतावनी

    बेइजिङ । अमेरिकी सरकारले शुक्रबार थप १४ चिनियाँ कम्पनीलाई व्यापार प्रतिबन्धको सूचीमा राख्ने निर्णय गरेपछि चीनले पनि कारवाही गर्ने बताएको छ । 

    सिन्जियाङ उइगुर क्षेत्रमा मानवअधिकार उल्लङ्घनमा उनीहरूको संलग्नता हुनुको कारण ती कम्पनीहरूलाई प्रतिबन्धको सूचीमा राखिएको अमेरिकी वाणिज्य विभागलाई उद्धृत गर्दै लेखिएका समाचारमा जनाइएको छ । धेरै चिनियाँ कम्पनीहरूले उच्च-प्रविधि निगरानी प्रणाली प्रस्ताव गरेका कम्पनी पनि अमेरिकाको यो सूचीको हिस्सा भएका छन् ।

    एनएचके वल्र्डकाे रिपोर्टअनुसार प्रतिबन्धित यी कम्पनीहरूले चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) को उइगुर र यस क्षेत्रका अन्य जातीय अल्पसंख्यक समुदायविरूद्ध सामूहिक हिरासत र उच्च प्रविधिको निगरानीको अभियानलाई सक्षम पारेको आरोप अमेरिकाको छ ।  

    अमेरिकी कारवाहीको जवाफमा चीनको वाणिज्य मन्त्रालयले यो कदम चिनियाँ व्यापार प्रतिष्ठानहरुलाई अन्यायपूर्वक दबाउन खोजिएको र अन्तर्राष्ट्रिय आर्थिक र व्यापार नियमविरूद्ध भएको बताएको छ । मन्त्रालयले आफ्नो विज्ञप्तिमा चीनले चिनियाँ कम्पनीहरुको वैधानिक हक र हित रक्षा गर्न आवश्यक कदम चाल्ने उल्लेख गरेको छ । 

    यसअघि अमेरिकाले पाँच चिनियाँ सौर्य प्यानल कम्पनीहरूलाई सिनजियाङ उइगुर क्षेत्रमा जबरजस्ती श्रम प्रयोग गरेको आरोप लगाउँदै प्रतिबन्धित सूचीमा जोडेको थियो ।

    चिनियाँ सरकारले उक्त आरोपलाई अस्वीकार गर्दै यी प्रतिबन्धहरू झूटा आरोपमा आधारित रहेको बताउँदै आएको छ । चिनियाँ कम्युनिष्ट पार्टीले सिन्जियाङमा उइगुरहरूविरुद्ध मानवअधिकार हननका घटना नभएको कुरामा जोड दिँदै कडा शब्दमा अमेरिकी निर्णयको विरोध गरेको छ । 

    अमेरिकाले टिकटकसहित नौ वटा चिनियाँ एपमा लगाएको प्रतिबन्ध हटायो अमेरिकाले टिकटकसहित नौ वटा चिनियाँ एपमा लगाएको प्रतिबन्ध हटायो

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij