Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

निरोगी समाज निर्माण गर्न योग अपरिहार्य छ : अध्यक्ष ओली

निरोगी समाज निर्माण गर्न योग अपरिहार्य छ : अध्यक्ष ओली

  • 253
    SHARES
  • निरोगी समाज निर्माण गर्न योग अपरिहार्य छ : अध्यक्ष ओली

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले  निरोगी समाज निर्माण गर्न योग अपरिहार्य भएको बताएका छन् ।

    अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आज एमालेद्वारा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले आफ्नो परिवार, छिमेकी र सिंगो मानव समुदायका लागि मस्तिष्कको सदुपयोग हुनु प्रमुख कुरा भएको बताए ।

    योगले शारीरिक, मानसिक स्वच्छताका साथै आचरण, व्यवहार र क्रिया–कर्मको समेत स्वच्छता र पवित्रताको मार्गदर्शन गर्ने उनको धारणा छ ।

    ‘योग कसैलाई चाहिने, कसैलाई नचाहिने होइन, यो सबै मानव जातिको साझा सम्पत्ति हो’, अध्यक्ष ओलीले भने । योगको सार अहिंसा, सत्य धारण र शरीरको नियन्त्रण भएको उनले बताए ।

    मानिसलाई स्वस्थ जीवन जिउन र असल कर्म गर्न सिकाउने कुरा योग हो भन्ने कुरा बुझ्नुपर्नेमा उनले जोड दिए । योगमा गलत कुरा र स्वार्थ मिसिन नहुने अध्यक्ष ओलीको भनाइ छ ।

    संकीर्ण र समूहगत स्वार्थ योगमा मिसिनु नहुने उनले बताए । योगले मानिसलाई गलत बाटोबाट सही मार्गमा तथा गलत विचारबाट सही विचारतर्फ डोर्याउन मद्दत पुग्ने अध्यक्ष ओलीको धारणा थियो ।

    योग सद्विचार र सत्कर्मको संयोग भएको उनले बताए । ध्यान शिवको पालादेखि नै भए पनि बुद्धको पालामा आएर यसले विशेष महत्व पाएको उनको भनाइ छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij