Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

चालु आवमा चुरे क्षेत्रमा ११ पोखरी निर्माण तथा व्यवस्थापन

चालु आवमा चुरे क्षेत्रमा ११ पोखरी निर्माण तथा व्यवस्थापन

  • 174
    SHARES
  • चालु आवमा चुरे क्षेत्रमा ११ पोखरी निर्माण तथा व्यवस्थापन

    चितवन । राष्ट्रपति चुरे-तराई मधेस संरक्षण विकास समिति, कार्यान्वयन एकाइ चितवनले चुरे क्षेत्रमा ११ पोखरी निर्माण तथा व्यवस्थापन गरेको छ ।

    कार्यालय प्रमुख श्यामबाबु लोप्चनले चालु आर्थिक वर्षमा कार्यालयको क्षेत्रमा पर्ने चितवन, मकवानपुर, नवलपुर (बर्दघाट-सुस्ता पूर्व), बारा र पर्सामा पोखरी निर्माण तथा व्यवस्थापन गरिएका बताए ।

    चितवनमा पर्ने राप्ती नगरपालिका-९ रसौलीमा चार रोपनी क्षेत्रफलमा एक करोड लिटर पानी जम्मा हुने गरी ३५ लाखको लागतमा पोखरी निर्माण गरिएको र चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने गैँडा ताललाई रु आठ लाखको लागतमा चार रोपनी क्षेत्रफलमा विस्तार गरिएको उनले जानकारी दिए ।

    ‘वन्यजन्तुलाई पानीको सहजताका लागि पोखरी निर्माण तथा विस्तार गरिरहेका छौँ । यो वर्ष त्यसलाई निरन्तरता दिएका छौँ । यहाँ खडेरीमा पनि वन्यजन्तुलाई पानीको समस्या नहुने गरी पोखरी व्यवस्थापन गरिएका छन्’, कार्यालय प्रमुख लोप्चनले भने ।

    यसैगरी नवलपुरको कावासोतीस्थित बुद्ध सामुदायिक वनमा रु पाँच लाखको लागतमा दुई रोपनी क्षेत्रफलमा नयाँ तालको संरचना निर्माण गरिएको छ ।

    मकवानपुरको मनहरी गाउँपालिका-६ मा २० लाखको लागतमा मोरङ्गे तालको क्षेत्र विस्तार तथा पर्यापर्यटनको दृष्टिले पनि उपयुक्त भएकाले पदमार्गसँगै पर्यटकका लागि आवश्यक पूर्वाधार निर्माण गरिएका गरिए लोप्चनले बताए ।

    हेटौँडा उपमहानगरपालिका-१६ शक्ति खोलामा एकै स्थानमा तीन पोखरी निर्माण गरिएका छन् । पाँच लाखका दरले निर्माण गरिएका ती पोखरी दुई-दुई रोपनी क्षेत्रफलमा फैलिएका छन् ।

    यस्तै हेटौँडा-१५ स्थित कर्णे खोलामा तीन रोपनी क्षेत्रफलमा र बकैया-३ मा पर्ने चम्पा खोलामा रु पाँच लाखको लागतमा पोखरी निर्माण गरिएको कार्यालयले जनाएको छ ।

    एकाइले बाराको पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने तीन कुवा पोखरीलाई पुनःनिर्माण गरेको जनाएको छ । १० लाखको लागतमा निर्माण गरिएको पोखरी तीन रोपनी क्षेत्रफलमा फैलिएको छ ।

    बाराको जितपुर सिमारा-१६ मा रहेको हलखोरीयामा १३ लाखको लागतमा हात्तीघोल ताल व्यवस्थापन गरिएको छ । यो ताल आठ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

  • सम्बन्धित विषय:

  • # चालु आव

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij