वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ डा.डिला संग्रौलाले सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा अोलीको तानाशाही कदममाथि पूर्णविराम लगाइदिएको बताएकी छिन् । सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला सुनाएपछि डा.संग्रौलाको यस्तो प्रतिक्रिया आएको हो ।
‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चको आदेश र प्रतिनिधिसभा पुनर्स्थापनाको निर्णयले फेरि एकपटक संसदको सर्वोच्चता कायम भएको छ । यो रहिरहनेछ । पटक-पटक संसद र संविधानको गला रेट्न खोज्ने केपी ओलीको तानाशाही कदममाथि सर्वोच्चले पूर्णविराम लगाइदिएको छ,’ सामाजिक सञ्जालमा डा.संग्रौलाले भनिन् ।
उनले ओलीको असंवैधानिक कदममा कदम मिलाउने राष्ट्रपतिमाथि अब नैतिकताको गम्भीर प्रश्न खडा भएको पनि बताएकी छिन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij