Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

हृदयघातपीडित शिक्षकको उपचारमा आर्थिक अभाव

हृदयघातपीडित शिक्षकको उपचारमा आर्थिक अभाव

  • 1.7K
    SHARES
  • हृदयघातपीडित शिक्षकको उपचारमा आर्थिक अभाव

    सिमकोट । हृदयाघात भई काठमाडौं पुर्याइएका एक शिक्षकको उपचारमा समस्या भएको छ । यही असार २१ गते आफ्नै घर चङ्खेली-१ रिमी बोहराबाडामा हृदयाघात भई तीन दिनपछि हेलिकप्टरबाट गङ्गालाल हृदयरोग केन्द्र लगिएका हीरा बोहरालाई काठमाडौं पुर्याउन नै ठूलो खर्च लाग्दा उपचारमा आर्थिक अभाव भएको हो ।

    images

    उनलाई हृदयाघात हुने बित्तिकै मुगु जिल्ला अस्पताल पुर्याउन र त्यहाँबाट हेलिकप्टर चार्टर गरेर काठमाडौं पुर्याउन नै रु आठ लाखको हाराहारीमा खर्च भयो । उपचारमा संलग्न उनीकी श्रीमती सम्झना रोकायाले भनिन्, ‘हामीसँग भएको सबै रकम काठमाडौं पुर्याउने भाडामै सकियो, अब उपचार गर्न ठूलो आर्थिक समस्या परेको छ ।’

    बोहराको जिल्ला अस्पताल मुगुमा दुई दिन राख्दासमेत स्वास्थ्यमा सुधार नआएपछि शनिबार हेलिकप्टर चार्टर गरेर गङ्गालाल केन्द्रको सिसियुमा राखेर उपचार गर्दा दैनिक रु ३० हजारका दरले खर्च भएपछि तीन दिनमै उपचारमा आर्थिक अभाव भएको उनको हेरचाहमा खटिएका रोकायाले बताइन् । 
     
    एक वर्षको कान्छो छोरा काखमा च्यापेर श्रीमान्को उपचारमा संलग्न रोकायाले रुँदै फोनमा भनिन्, ‘क्याम्पसमा पढाएर कमाएको पैसा हेलिकप्टरको भाडा तिर्न पनि पुगेन, अब उपचारका लागि लाग्ने दैनिक रु ३० हजार कहाँबाट ल्याउने ? सिसियुमा मृत्युसँग लडिहनुभएका उहाँलाई मृत्युको मुखबाट फुत्काउन नसकिएला जस्तो छ ।’

    घरको आर्थिक अवस्थाले उनको उपचार सम्भव हुन नसक्ने निष्कर्षमा पुगेका रोकायाले आफ्नो नाबालक छोराकै लागि भए पनि श्रीमान्लाई आर्थिक सहयोग गरेर बचाइदिन सार्वजनिक रुपमा अपिल गरिन् । 

     

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology