Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

सर्वाेच्चको आदेशविरुद्ध ओली समर्थक सडक प्रदर्शनमा 

सर्वाेच्चको आदेशविरुद्ध ओली समर्थक सडक प्रदर्शनमा 

  • आषाढ २८, २०७८ सोमवार १७:२६ बजे
  • 617
    SHARES
  • सर्वाेच्चको आदेशविरुद्ध ओली समर्थक सडक प्रदर्शनमा 

    काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश जारी गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकले सोमबार काठमाडौंको माइतीघरमा सडक प्रदर्शन गरेका छन् । 

    माइतीघर मण्डलबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वरसम्म पुगेको थियो । प्रदर्शनमा उनीहरुले सबै फैसला मानिंदैन लेखिएको ब्यानर प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीहरुले ‘शक्ति पृथकीकरणको रक्षा गरौं, संवैधानिक सर्वोच्चता कायम गरौं’, ‘आइ एम विथ केपी ओली’ लगायत नारा लगाएका थिए ।  

    kp-samarthak.jpg

    सर्वोच्चले फैसला गरेलगत्तै ओलीनिकट सांसद महेश बस्नेतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलाविरुद्ध आन्दोलनको घोषणा गर्दै प्रदर्शनमा उत्रन आह्वान गरेका थिए । प्रदर्शनमा सहभागी बस्नेतले खिलराज रेग्मी बन्ने सपना नदेख्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई चेतावनी दिए ।

    न्यायमूर्तिहरुले संविधानको रक्षा गर्न नसकेको उनले आरोप लगाए । सर्वोच्च अदालतलाई प्रधानमन्त्री चयन गर्ने अधिकार संविधानको कुनै धाराले नदिएको उनले जिकिर गरे । 

    उनले युवा संघ नेपालले भोलिदेखि निरन्तर विरोध प्रदर्शन गर्ने बताउँदै सर्वाेच्चको फैसलामाथि कडा टिप्पणीहरु गरेका थिए । 

    सर्वोच्चको फैसलापछि अप्रिय घटना हुन सक्ने भन्दै सर्वोच्च अदालतदेखि नयाँ बानेश्वर लगायत विभिन्न क्याम्पस अगाडी ठूलो संख्यामा सुरक्षाकर्मी परिरचालन गरिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij