Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

राजपुर गाउँपालिकाबाट एसइईमा एकजना विद्यार्थी मात्रै उत्तीर्ण 

राजपुर गाउँपालिकाबाट एसइईमा एकजना विद्यार्थी मात्रै उत्तीर्ण 

  • 113
    SHARES
  • राजपुर गाउँपालिकाबाट एसइईमा एकजना विद्यार्थी  मात्रै  उत्तीर्ण 

    दाङ । दाङको राजपुर गाउँपालिकाबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) मा एक जना मात्रै विद्यार्थी उत्तीर्ण भएका छन । पालिकाभित्र रहेका आठ माध्यमिक विद्यालयका दुई सय ५० जना विद्यार्थीले एसइई परीक्षा दिएकोमा एक जना मात्रै उत्तीर्ण भएका हुन ।

    राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपतिदेवी यादवका साधारण नमूना माध्यमिक विद्यालय गङ्गदीबाट गेहेन्द्र यादव मात्रै उत्तीर्ण भएका छन । उनले ‘वि प्लस’ ग्रेड ल्याएका छन । सोही विद्यालयबाट ८५ जनाले परीक्षामा सहभागी भएका थिए ।

    सोही पालिकाबाट जनज्योति माध्यमिक विद्यालय बेलाबाट ५६ , शंखर मावि खरदरियाबाट ४५, माध्यमिक विद्यालय दुलैयाबाट नौ ,  बालकल्याण मावि खंग्रानाकाबाट १० जनाले एसइई परीक्षा सहभागी भएका थिए । माध्यमिक विद्यालय सिक्टाबाट ३०, गौरीशंखर मावि भैसाहीनाकाबाट नौ जना, शिवशक्ति मावि भौवानाकाबाट छ जनाले एसइई दिएका थिए ।

    यी सबै विद्यालयबाट शून्य नतिजा आएको छ । शिक्षामा लगानी गरे पनि त्यो अनुसारको नतिजा नआउँदा आफू दुःखी भएको पालिकाका उपाध्यक्ष यादवले बताए । ‘हामीले शिक्षामा धेरै लगानी गर्‍यौं’, यादवले भने, ‘तर, लगानी अनुसारको नतिजा दिन सकेनौँ ।’ आठ वटै विद्यालय सामुदायिक हुन । तीन सय ५० विद्यार्थीले परीक्षा दिएकोमा बङ्गलाचुली गाउँपालिकाबाट १३ जना मात्रै उत्तीर्ण भएका छन ।   

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij