Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

इराकको एउटा कोभिड अस्पतालमा आगलागी हुँदा ४४ जनाको मृत्यु 

इराकको एउटा कोभिड अस्पतालमा आगलागी हुँदा ४४ जनाको मृत्यु 

  • 553
    SHARES
  • इराकको एउटा कोभिड अस्पतालमा आगलागी हुँदा ४४ जनाको मृत्यु 

    बग्दाद । इराकको एउटा कोभिड अस्पतालमा आगलागी हुँदा २ स्वास्थ्यकर्मीसहित ४४ जनाको मृत्यु भएको छ ।

    इराकको दक्षिणी सहर नासिरियास्थित अल हुसैन अस्पतालमा सोमबार भीषण आगलागी भएको थियो । आगलागीमा परेर ६७ जना घाइते भएका छन् । 

    प्रारम्भीक जाँचबाट अक्सीजन ट्यांकी विष्फोट भएर आगलागी भएको त्यहाँका अधिकारीहरुले बताएका छन् । 

    यो घटनालाई इराक सरकारले गम्भीर लापरबाहीको रुपमा लिँदै अस्पतलाका सुरक्षा प्रवंधकलाई निलम्बन र पक्राउ गर्न आदेश दिएको छ । इराकी प्रधानमन्त्री मुस्तफा अल कदिमीले मन्त्रिहरुको बैठक बोलाएर कारबाहीको आदेश दिएका हुन् । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij