Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रिय सभामा टेबुल

प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रिय सभामा टेबुल

  • 111
    SHARES
  • प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रिय सभामा टेबुल

    काठमाडौं । राष्ट्रिय सभामा चार विधेयकका सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश टेबुल भएको छ ।

    आजको बैठकमा राष्ट्रिय सभाका सचिव डा सुरेन्द्र अर्यालले ‘आर्थिक विधेयक, २०८१’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ र ‘भन्सार महसुल विधेयक, २०८१’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभामा जानकारी गराई टेबुल गरे ।

    सचिव अर्यालले राष्ट्रिय सभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष जानकारी गराए ।

    राष्ट्रिय सभाकाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा जानकारी गराएका थिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij