वेबटिभी खबर
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत प्राप्त गरेका छन । उनले ६७ मत पाएका छन । विपक्षमा ३४ मत खसेको थियो । प्रदेश सभामा उपस्थित एकसय एक जना सदस्यले मतदान गरेका थिए ।
मुख्यमन्त्री सिंहका पक्षमा जनमत, नेपाल कम्युनिष्ट पार्टी एमाले, नेपाली कांग्रेस, लोसपा, नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्यले मतदान गर्नुभयोभने जनता समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल संघीय समाजवादी पार्टीका सांसदले विपक्षमा मतदान गरेका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij