वेबटिभी खबर
नयाँ दिल्ली । भारतका पूर्व क्रिकेटर यशपाल शर्माको मंगलबार ६६ वर्षको उमेरमा पंजाबस्थित निवासमा निधन भएको छ । उनको निधन हृदयघातका कारण भएको हो । उनी सन् १९८३ मा वर्ल्ड कप विजेता टोलीमा सदस्य थिए । यशपालले क्रिकेटबाट सन्यास लिएको केही समयपछि एम्पायरिङ पनि गरेका थिए । पछि उनी इन्डियाको सिलेक्टर नियुक्त भएका थिए ।
यशपाल विकेटकिपरसहित मिडियम फास्ट बलर पनि थिए । यशपालले क्रिकेट करिअर सन् १९७८ को १३ अक्टुबरमा एक दिवसीय खेलबाट सुरु गरेका थिए । उनले सन् १९७८ देखि १९८५ सम्म भारतका लागि ३७ टेस्ट म्याच र ४२ एक दिवसीय खेल खेलेका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij