Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

भक्तपुरको बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धारका लागि खटिए सशस्त्र प्रहरी 

भक्तपुरको बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धारका लागि खटिए सशस्त्र प्रहरी 

  • 263
    SHARES
  • भक्तपुरको बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धारका लागि खटिए सशस्त्र प्रहरी 

    काठमाडौं । लगातार वर्षाको कारण भक्तपुर जिल्लाको विभिन्न ठाउँमा बाढी तथा पहिरोले क्षति पुर्‍याएको ठाउँमा उद्धारका लागि सशस्त्र प्रहरी खटिएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गुहेश्वरी गण दुवाकोट भक्तपुरको सुरक्षा फौज उद्धारका लागि परिचालित भएको हो ।

    चाँगुनारायण नगरपालिका–१ दुवाकोटस्थित राई टोलमा बुधबार मनोहरा खोलाको सतह बढेर नजिकैका घरहरूमा क्षति पुर्‍याउन लागेपछि सो क्षेत्रमा बोरा तथा तारजाली लगाई तटबन्ध निर्माण गरेको नं. २२ गण गुहेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक वासुदेव लोहनीले जानकारी दिए । 

    त्यसैगरी चाँगुनारायण नगरपालिका–४ मा पनि मनोहरा खोलाको सतह बढेर बस्तीमा क्षति पुग्न लागेपछि सो क्षेत्र सशस्त्र प्रहरी तथा स्थानीय वासिन्दाले तटबन्धन निर्माण गरेका छन् ।

    यसअघि चाँगुनारायण नगरपालिका–६ नगरकोटमा सोमबार पहिरो गएर अवरुद्ध भएको सडक सशस्त्र प्रहरीले खुलाएको थियो । नगरकोटबाट कात्तिके भन्ज्याङ हुँदै साँखु जाने सडकमा पहिरो जाँदा सोही स्थानमा रहेको सेरेनी रिसोर्टको भवनमा समेत क्षति पुगेको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij