Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

अवरूद्ध पृथ्वी राजमार्ग एकतर्फी  खुल्यो

अवरूद्ध पृथ्वी राजमार्ग एकतर्फी  खुल्यो

  • 122
    SHARES
  • अवरूद्ध पृथ्वी राजमार्ग एकतर्फी  खुल्यो

    चितवन । पहिरोका कारण अवरुद्ध बनेको पृथ्वीराजमार्ग एकतर्फी खुलेको भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना–३ मौवाखोला नजिकै आज बिहान  पहिरो खस्दा राजमार्गमा दुईतर्फी  नै यातायात आवागमन रोकिएको थियो ।

    अहिले पहिरो पन्छाइ एकतर्फी यातायात सञ्चालनमा ल्याएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिए । उनले  आवागमन  दुईतर्फी नै सञ्चालन गर्न केही समय लाग्ने बताए ।निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भएको जनाइएको छ ।

  • सम्बन्धित विषय:

  • # अवरूद्ध

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij