Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

चीनमा पुल खस्दा १२ जनाको मृत्यु , तीस बेपत्ता

चीनमा पुल खस्दा १२ जनाको मृत्यु , तीस बेपत्ता

  • 190
    SHARES
  • चीनमा पुल खस्दा १२ जनाको मृत्यु , तीस बेपत्ता

    एजेन्सी । उत्तरी चीनमा रहेको राजमार्गको पुल नदीमा खस्दा १२ जनाको मृत्यु भएको छ भने तीस जनाभन्दा बढी बेपत्ता भएको सरकारी प्रसारणकर्ता सिसिटिभीले शनिबार जनाएको छ ।

    प्रान्तीय जनसम्पर्क विभागलाई उद्धृत गर्दै आधिकारिक समाचार एजेन्सी सिन्ह्वाका अनुसार शुक्रबार राति करिब ८ः४०  बजेको भिषण वर्षाले निम्त्याएको आकस्मिक बाढीका कारण सानक्सी प्रान्तको साङ्लुओ नदीमा रहेको पुल भत्किएको बताएको छ ।

    राजमार्गको पुल तल नदीमा खसेपछि ‘लगभग बीसवटा सवारी साधन र तीस जनाभन्दा बढी व्यक्ति’बेपत्ता भएको सिसिटिभीले बताएको छ ।

    ‘हालसम्म उद्धार गरिएका पाँचवटा गाडीभित्र ११ जनाको शव फेला परेको हो‘,  प्रसारणकर्ताले बताएको छ । राज्यको टिभीमा सार्वजनिक गरिएको तस्बिरहरूमा पुलको आंशिक भाग नदीमा डुबेको देखाइएको छ ।

    उत्तरी र मध्य चीनमा मङ्गलबारदेखीको निरन्तर वर्षाले यहाँको भूभाग बाढीपहिरबाट प्रभावित भएको छ । राज्य सञ्चालित सञ्चारमाध्यमले शुक्रबार सानक्सीको बाओजी सहरमा आएको बाढीपहिरोबाट कम्तिमा पाँच जनाको मृत्यु भएको र आठ जना बेपत्ता भएको जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # चीन

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij