Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

बिपी हरेक चिज र सबै ठाउँमा हुनुहुन्छ : सभापति देउवा

बिपी हरेक चिज र सबै ठाउँमा हुनुहुन्छ : सभापति देउवा

  • 86
    SHARES
  • बिपी हरेक चिज र सबै ठाउँमा हुनुहुन्छ : सभापति देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले राष्ट्र निर्माणका लागि दिएको योगदान अविस्मरणीय रहेको बताएका छन् । 

    पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार केन्द्रीय पुस्तकालयको उद्‌घाटन गर्दै सभापति देउवाले बिपीले नेपाली साहित्य, राजनीति र मनोवैज्ञानिक क्षेत्रमा ठुलो योगदान दिएको बताए । 

    उनले भने, ‘उहाँको ४२औं स्मृति दिवसको अवसरमा लाइब्रेरीको सुरुवात गर्न पाउँदा खुसी  लागेको  छ ।  बिपी कोइराला हरेक विषयका एक योद्धा नै हुनुहुन्थ्यो । बिपीका बारेमा मैले भन्ने  गरेको छु–उहाँ हरेक चिज र सबै ठाउँमा हुनुहुन्छ ।  साहित्यकार, वैज्ञानिक, मनोवैज्ञानिक लगायत सबै कुरामा उहाँको योगदान रहेको छ ।’

    बिपी कोइराला आफ्नो सिद्धान्तका लागि नथाक्ने र राष्ट्रका लागि जुनसुकै बलिदान दिन तयार हुन व्यक्ति रहेको सभापति देउवाको भनाइ छ  ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij