Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

विपद व्यवस्थापनमा स्थानीय तह परिचालित हुनुपर्छ : मुख्यमन्त्री कँडेल

विपद व्यवस्थापनमा स्थानीय तह परिचालित हुनुपर्छ : मुख्यमन्त्री कँडेल

  • 132
    SHARES
  • विपद व्यवस्थापनमा स्थानीय तह परिचालित हुनुपर्छ : मुख्यमन्त्री  कँडेल

    सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशस्थित सुरक्षा निकायका प्रमुख र १० वटै जिल्लाका सुरक्षा निकायका प्रतिनिधिसँग छलफल गरेका छन् ।

    वर्षात्का कारण दैनिक विपद्का घटना बढ्न थालेपछि मुख्यमन्त्री कँडेलले जिल्लाको वस्तुस्थितिबारे जानकारी लिन र विपद् न्यूनीकरणमा प्रदेश सरकारकातर्फबाट गर्नुपर्ने कामका बारेमा आवश्यक परामर्श लिनका लागि छलफल गरेका हुन् ।

    बैठकलाई सम्बोधन गर्दै उनले विपद् जोखिमका हिसाबले सबैभन्दा बढी जोखिमयुक्त प्रदेश कर्णाली भएकाले विपद् न्यूनीकरणमा धेरै मेहनत र लगानी गर्नुपर्ने बताए ।

    भौगोलिक विकटता र स्रोतसाधनको अभावका कारण पनि जिल्ला तहका सुरक्षा निकायले उत्कृष्ट कार्य गरिरहेको भन्दै उनले प्रशंसा गरे ।

    तीन तहका सरकारका आफ्नै सीमा र दायित्व भए पनि विपद्का घटनाका कारण त्यसले तल्लो तह प्रभावित हुने भएकाले विपद् व्यवस्थापनमा स्थानीय तहलाई परिचालन गर्नुपर्नेमा मुख्यमन्त्रीको जोड थियो ।

    विकासले निम्तिएका कतिपय विनाशका कारण पनि कर्णाली प्रदेशमा विपद्को जोखिम बढ्दै गएकामा मुख्यमन्त्री कँडेलले चिन्ता व्यक्त गरे ।

    अब विकासको मोडेलका बारेमा जिल्लामा प्रमुख जिल्ला अधिकारीहरूले सरोकारवालाबीच छलफल चलाउनुपर्ने धारणा व्यक्त गरे ।

    भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुमपश्चिमका धेरैजसो लाभग्राहीले अझै पनि दोस्रो किस्ताको रकम पाउन नसकेको विषयप्रति चिन्ता व्यक्त गर्दै त्यसतर्फ आफ्नो ध्यान जाने बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij