Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

बर्थिङ सेन्टरमा तालाबन्दी हुँदा सेवाग्राही मर्कामा

बर्थिङ सेन्टरमा तालाबन्दी हुँदा सेवाग्राही मर्कामा

  • 106
    SHARES
  • बर्थिङ सेन्टरमा तालाबन्दी हुँदा सेवाग्राही मर्कामा

    हुम्ला । जिल्लाको खार्पुनाथ गाउँपालिका–२ थालीगाउँ स्थित शंखर माध्यामिक विद्यालयको व्यवस्थापन समितिले गाउँमै रहेको आधारभूत स्वास्थ्य केन्द्र (बर्थिङ सेन्टर) मा तालाबन्दी गरिदिएको छ ।

    दुईकोठे ‘बर्थिङ सेन्टर’को भवन बनाउने ठेकेदारले समितिलाई छ लाख ५० हजार भुक्तानी नगरेको जनाउँदै समितिले ताला गलाइदिएको बताइएको छ । विद्यालयको जग्गामा सो बर्थिङ सेन्टरको भवन बनेको थियो ।

    अभिभावक संघका अध्यक्ष सङ्केश रावलले विद्यालयलाई ठेकेदारले उक्त रकम दिने भनी सहमति गरेपनि कार्यान्वयन नभएपछि ताला लगाएको बताए । ‘बर्थिङ सेन्टर’मा तालाबन्दी हुँदा सेवाग्राही मर्कामा परेका छन । विद्यालयले पाउनुपर्ने रकम भुक्तानी नहुँसम्म ताला नखोलिने उनले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij