वेबटिभी खबर
काठमाडौं । लागुऔषध सेवनगरी दुर्घटना गराएको भन्दै एक जनालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ ।
सोमबार बेलुका काठमाडौं महानगरपालिका–१४ कुलेश्वरस्थित सार्वजनिक सडक खण्डमा कालीमाटीदेखि कुलेश्वरतर्फ जाँदै गरेको कारले दुर्घटना गराउँदा तीन जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
भूपेन्द्र श्रेष्ठले लागुऔषध प्रयोगगरी लापर्वाहीपूर्वक चलाएको बा १९ व ५११६ नम्बरको निजी कारले सोही सडकको दाँया ‘साइड’को सडकपेटीको भागमा पैदल हिँड्दै गरेका तीन जना व्यक्तिलाई ठक्कर दिएको थियो । तीनै जना पैदलयात्रुलाई उद्धारगरी बल्खुस्थित बयोधा अस्पताल पठाइएको छ ।
श्रेष्ठको साथबाट लागुऔषधजन्य पदार्थ र कारसमेत नियन्त्रणमा लिइ प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
उनका अनुसार कारको ठक्करबाट घाइते हुनेमा भारत घर भई काठमाडौं बस्ने वर्ष १८ को प्रियन्सु कुमार, भारत घर भएका अर्का वर्ष २५ को भोलाकुमार र काठमाडौं बस्ने वर्ष १९ को श्यामबाबु ठाकुर रहेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij