वेबटिभी खबर
जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाप्रति दुःख व्यक्त गरे ।
उनले शोक विज्ञप्ति जारी गरी आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडान भरेको सौर्य एयरलाइन्सको जहान दुर्घटनामा ज्यान गुमाएका १८ जनाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरे ।
मुख्यमन्त्री सिंहले दुर्घटनाका कारण पहिचानगरी आगामी दिनमा यस्तो दुर्घटना हुन नदिनतर्फ सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij